Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सैनिक मुख्यालयमा भारतीय डिफेन्स कलेजका प्रशिक्षार्थी

    सैनिक मुख्यालयमा भारतीय डिफेन्स कलेजका प्रशिक्षार्थी

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 1.6K
    SHARES

    काठमाडौं ।  भारतको नेशनल डिफेन्स कोर्स–२०२१ का सदस्यहरुले सैनिक मुख्यालयमा मंगलबार भेटवार्ता गरेका छन् ।

    सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले भ्रमण दलका प्रमुख धिरेन भिगसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरे । असोज ३१ गते सैनिक टोली नेपाल आएको हो ।



    प्रधानसेनापति शर्माले भिगसँग भेटवार्ता गरेका थिए । प्रधानसेनापति शर्माले दुई मुलुकका सेनाबीच हुने पारस्पारिक भ्रमणले द्विपक्षीय सुरक्षा चासोलाई सम्बोधन गर्न सहज हुनेमा जोड दिएका थिए  ।



    सैन्य टोली पोखरास्थित मध्य–कमाण्ड हेडक्वाटर, शिवपुरीस्थित कमाण्ड तथा स्टाफ कलेजको अध्ययन भ्रमण गर्नेछ भने  धार्मिक एवं पर्यटकीय क्षेत्रमा समेत जाने छ ।  नेपाली सेनाका अनुसार टोलीले पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, नाम्चे स्थित होटल एभरेष्ट भ्यु र चन्द्रागिरीको भ्रमण गर्ने छ ।

    अष्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका सैनिक अधिकारीहरु सम्मिलित उक्त टोली कार्तिक ६ गते भारत फर्किने कार्यक्रम तय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार