काठमाडौं । सुदूरपश्चिममा बाढीमा फसेकाहरूको उद्धार गर्न गएको नेपाली सेनाको हेलिकोप्टर धनगढी विमानस्थलमै अवतरण गरेको छ।
खराब मौसमका कारण हेलिकोप्टर जान नसक्दा कञ्चनपुर, बैतडी र कैलालीका विभिन्न स्थानमा नदीमा फसेकाको उद्धार गर्न सकिएको छैन। अहिलेसम्म बैतडीका ६०, कञ्चनपुरका ५ र कैलालीका २ जना उद्धारको पर्खाइमा छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भिजिविलिटी कम भएकोले उद्धारमा असहज भएको हो।
Leave a Reply