Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • महाकालीमा यो वर्षकै ठूलो बाढी, टापुमा फसे पाँच जना

    महाकालीमा यो वर्षकै ठूलो बाढी, टापुमा फसे पाँच जना

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल तस्बिर

    कञ्चनपुर । बाढीका कारण महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रम जारी रहेको छ । महाकालीमा यो वर्षकै ठूलो बाढी आएको स्थानिय बासिन्दाको भनाइ छ। भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीमा फसेका छन् । पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा फसेका हुन् ।

    नदीको एक भँगालो पूर्वतर्फबाट बग्न थालेपछि उनीहरू बीचमा फसेका हुन ।



    उनीहरूको उद्धारका लागि प्रहरीलाई जानकारी गराइसकिएको छ । उद्धारका लागि नेपाली सेनासँग प्रहरीले समन्वय गरेको जनाएको छ।



    सोमबार बिहान महाकालीमा पानीको बहाव ४ लाख ६१ हजार क्युसेक मापन गरिएको छ जुन यो वर्षकै सबैभन्दा बढी हो । नदीमा बहाव बढेपछि सोमबार साँझदेखि नै ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार