Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१० बच्चाको हत्या गरेर रगत पिउने सिरियल किलर, जसलाई मानिसहरुले कुटेरै मारे

एजेन्सी । एक केन्याई सिरियल किलरलाई मानिसहरुले कुटेर मारेका छन्। २० वर्षीय सिरियल किलरले १० बच्चाको हत्या गरेको आरोप थियो। उनले आफ्नो अपराध स्वीकार गरेका थिए।

मिरर युकेका अनुसार यो घटना केन्याको नैरोबीको हो। २० वर्षीय मास्टेन मिलिमो वन्जालालाई हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो। अनुसन्धनाका क्रममा उनले १० बच्चाको हत्या गरेको पाइएको थियो।

केन्याका अधिकारीहरुले उनलाई ‘रगतको प्यासी पिशाच’ को संज्ञा दिएका थिए। उनले बच्चाहरुको हत्या गर्नुअघि रगत पिउने गरेको बताइएको छ। आरोपीले प्रहरीसामु १५ वर्षको उमेरमा पहिलो हत्या गरेको बताएका थिए। ५ वर्षको अवधिले आफूले १० बच्चाको हत्या गरेको स्वीकार गरेका थिए।

जुलाई पक्राउ परेका उनलाई अदालतमा पेस गर्ने कार्यक्रम थियो। तर उनी त्यसको केही घण्टाअघि हिरासतबाट फरार भए। त्यसपछि आरोपी एक गाउँमा गउर लुकेका थिए। त्यहाँका मानिसहरुले बन्जालाको बारेमा वास्तविक कुरा थाहा पाएपछि कुटिकुटि उनलाई मारेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077