Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • टी–२० विश्वकप : श्रीलंकाको विजयी शुरुवात

    टी–२० विश्वकप : श्रीलंकाको विजयी शुरुवात

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 1.1K
    SHARES

    एजेन्सी – श्रीलंकाले आइसीसी टी–२० विश्वकपमा सुखद शुरुवात गरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा श्रीलंकाले नामिबियालाई पराजित गरेको छ ।

    सोमबार राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । ९६ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएको श्रीलंकाले १३.३ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा ग¥यो ।



    श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए । नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले समान १/१ विकेट लिए ।



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९.३ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक २९ रन जोडे ।

    नामिबियाको ब्याटिङ ध्वस्त बनाउने क्रममा श्रीलंकाका महेश थिक्शानले ३ विकेट लिए । मंगलबार नै भएको अर्को खेलमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार