Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

रसुवा – प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका–५ भोर्लेडाँडा टोल बस्ने ७८ वर्षीय बुद्धीबहादुर गमदान रहेका छन्।

घरायसी विषयमा झै–झगडामा गमदानले कुटपिट गरी आफ्नी श्रीमती ६५ वर्षीया कान्छी माया गमदानको हत्या गरेको प्रहरीको आरोप छ। आपसी विवादपछि बुद्धीबहादुरले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा उनी पिँडीबाट आँगनमा बजारिन पुगेकी थिइन्।

गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाएको थियो।

उपचारको क्रममा शनिबार बेलुकी उनको मृत्यु भएको हो। कुटपिटमा संलग्न बुद्धीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077