Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • टी–२० विश्वकप आजदेखि, यस्तो छ नयाँ नियम र पुरस्कार राशी

    टी–२० विश्वकप आजदेखि, यस्तो छ नयाँ नियम र पुरस्कार राशी

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सन् २०२० मा हुन नसकेको टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ । प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुँदैछ ।

    २९ दिनसम्म चल्ने यो प्रतियोगिताको २८ कात्तिक (१४ नोभेम्बर) मा हुने फाइनलले वल्र्ड च्याम्पियन तय गर्नेछ । प्रतियोगितामा १६ टिम सहभागी हुने भएपनि पहिलो चरणमा भने ८ टिमले मात्र खेल्नेछन् ।



    कुन समूहमा को–को ?
    समूह ए :  आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र श्रीलंका



    समूह बी : बंगलादेश, ओमान, पपुवा न्यूगिनी र स्कटल्याण्ड

    दुबै समूहका टिमले एकअपासमा खेल्नेछन् र समूहको शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् ।

    सुपर १२ मा पनि दुई समूह हुनेछ । पहिलो समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजका साथै समूह एको शीर्ष र समूह बीको दोस्रो टिम हुनेछ भने अर्को समूहमा भारत, पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानका साथै समूह एको दोस्रो र समूह बीको शीर्ष टिम थप हुनेछ ।

    यो राउण्डको खेल ६ कात्तिक (२३ अक्टोबर)देखि सुरु हुनेछ र २२ कात्तिक (८ नोभेम्बर) सम्म चल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । २४ र २५ कात्तिकमा सेमिफाइनल खेल हुनेछ ।

    उपाधि विजेताले १६ लाख डलर पाउनेछ । उपविजेताले भने ८ लाख मात्रै पाउनेछ । सेमिफाइनलमा पुग्ने हरेक टोलीले ४/४ लाख पाउनेछ भने सुपर १६ मा प्रत्येक खेल जित्दा बोनस रकम पनि आउने छ ।

    यो पटक प्रत्येक खेलका क्रममा अतिरिक्त ड्रिक्स ब्रेक हुनेछ । अढाई मिनेटको यो ब्रेक पारीको मध्यमा हुनेछ । साथै पहिलो पटक निर्णयमा रिभ्यू सिस्टम हुनेछ । एक पारीमा हरेक टिमले दुई रिभ्यू लिन पाउनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार