Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • साफ च्याम्पियनसिप: नेपाललाई पहिलोपटक च्याम्पियन बन्ने अवसर

    साफ च्याम्पियनसिप: नेपाललाई पहिलोपटक च्याम्पियन बन्ने अवसर

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि नजितेको नेपाललाई उपाधि जितेर च्याम्पियन बन्ने अवसर प्राप्त भएको छ। अहिलेसम्म फाइनल पनि पुग्न नसकेको नेपाली टोलीले पहिलोपटक फाइनल यात्रा तय गर्दै ऐतिहासिक रेकर्ड राखेको थियो ।

    प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकाल्दै दमदार सुरुवात गरेको नेपालले भारतसँग भने १–० को हार बेहोरेको थियो । नेपालले फाइनलमा भारतको सामना गर्दैछ ।



    फरक फरक नामले आयोजना हुँदै आएको साफ च्याम्पियनसिपको पहिलो संस्करण सन् १९९३ पाकिस्तानमा भएको थियो । त्यति बेला साउथ एसियन एसोसिएसन अफ रिजनल को अपरेसन (सार्क) गोल्ड कपको नाममा आयोजना भएको थियो । झण्डै ३ दशक लामो इतिहास बोकेको २००८ बाट भने साफ च्याम्पिनसिपको नामबाट आयोजना हुँदै आएको छ । विगतामा ८ राष्ट्रको सहभागिता रहने गरेको च्याम्पिननसिपमा ५ राष्ट्र च्याम्पियन बनेका छन् ।



    साफ च्याम्पियनसिपको इतिहास

    पाकिस्तान ( जुलाई १६–२३,१९९३) , सार्क गोल्डकप
    श्रीलंका, (२५ मार्च– २ अप्रिल,१९९५ ) सार्क गोल्डकप (सार्क व्रिस्टोल गोल्डकप)
    नेपाल, ४ सेप्टेम्बर–१३ सेप्टेम्बर, १९९७ (सार्क गोल्डकप)
    भारत, २२ अप्रिल– १ मे, १९९९ (सार्क गोल्डकप, साफ कोकाकोला कप)
    बंगलादेश, १०–२० जनवरी २००३ (सार्क गोल्डकप)
    पाकिस्तान, ७–१७ डिसेम्बर,२००५ (सार्क गोल्डकप)
    माल्दिभ्स/श्रीलंका ,३–१४ जुन, २००८ (साफ च्याम्पियनसिप)
    बंगलादेश , ४–१३ डिसेम्बर, २००९ (बंगबन्धु साफ च्याम्पियनसिप)
    भारत, डिसेम्बर २–११,२०११ (कार्बन साफ च्याम्पियनसिप)
    नेपाल, अगष्ट ३१–११ सेप्टेम्बर,२०१३ (साफ च्याम्पियनसिप)
    भारत, २३ डिसेम्बर २०१५ – ३ जनवरी,२०१६ (साफ च्याम्पियनसिप, साफ सुजुकी कप)
    बंगलादेश, ४–१५ सेप्टेम्बर २०१८ (साफ च्याम्पियनसिप, साफ सुजुकी कप )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार