Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल: उपाधिका लागि केकेआर र चेन्नई भिड्दै

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को उपाधिका लागि आज कोलकता नाइट राइडर्स (केकेआर) र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे दुबईमा हुँदैछ ।

चेन्नईको महेन्द्रसिंह धोनी र कोलकताको इओन मोर्गनले कप्तानी गर्नेछन्।  विश्वकप च्याम्पियन यी दुई कप्तानबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

क्वालिफायरमा चेन्नईले शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । कोलकताले अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको थियो ।

एलिमिनेटरमा कोलकताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा दिल्लीलाई ३ विकेटले पराजित गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077