Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताइवानको ४० वर्ष पुरानो १३ तले भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ४१ घाइते

एजेन्सी । ताइवानको दक्षिणी क्षेत्रस्थित करिब ४० वर्ष पुरानो एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

साथै ४१ जना घाइते भएका छन्।

बिहीबार बिहान ३ बजे ताइवानको काओसिउङ सहरस्थित १३ तले भवनमा अचानक आगलागी भएको हो ।

प्राप्त समाचारका अनुसार आगलागीपछि घटनास्थलबाट ३२ जनाको शव सीधै शवगृहमा लगिएको थियो ।

५५ जना घाइतेलाई अस्पताल लगिएको थियो।

स्थानीय टेलिभिजनमा देखाइएको उक्त आगलागीको भिडियोमा आगो लागिरहेको दृश्य देखिन्छ ।

घटनापछि उद्वारका लागि एम्बुलेन्ससहित ठूलो संख्यामा अग्नि नियन्त्रकहरु खटाइएको समाचारहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077