Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • दशैंमै भेटिन थाले छ्यापछ्यापती प्रतिवन्धित पटका, चितवनमा भारतीय नागरिक पक्राउ

    दशैंमै भेटिन थाले छ्यापछ्यापती प्रतिवन्धित पटका, चितवनमा भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.7K
    SHARES

    चितवन । तिहारमा प्रयोग हुने प्रतिवन्धित विष्फोटक पदार्थ (पटका) दशैंमै छ्यापछ्याप्ती भेटिन थालेको छ । चितवन प्रहरीले आज भरतपुर महानगरपालिका वडा–२० चनौलीबाट ठूलो मात्रामा पटका बरामद गरेको हो ।

    प्रहरीले प्रतिबन्धित सानो पटका २०४४ पिस, रकेट पटका १०० थान, झुरझुरे पटका १०० थान र ठूलो खुर्सानी पटका २ प्याकेट सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।



    चनौलीमा कोठा भाडामा लिई लिई बसोबास गर्दै आएका भारत देश पुर्वी चम्पारण मोतिहारी जिल्ला प्रताप मठिया बस्ने वर्ष २९ को बिकास साहले प्रतिबन्धित बिष्फोटक पदार्थ ९पटका० बिक्री बितरण गरिरहेको सूचना पाएपछि प्रहरीले उनलाई २१ गते नै पक्राउ गरेको थियो ।



    पक्राउ परेका मठियाको कोठामा खानतलासी गर्दा उत्त मात्रामा पटका फेला परको हुँदा उनलाई पक्राउ गरी बिष्फोटक पदार्थ सम्बन्धी मुद्धामा सम्मानित जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार