Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • अन्जनको गोलसँगै पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

    अन्जनको गोलसँगै पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

    बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसाग बराबरी खेल्दै नेपालले फाइनलमा स्थन बाएको हो ।



    नेपालका लागि अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए । बंगलादेशले भने खेल शुरु भएको ८ मिनेटमा नै गोल गरेको थियो ।



    नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।

    सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधैं रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो ।

    त्यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो । यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ । बंगलादेशले नवौं मिनेटमा अग्रता लिएको हो । रेजाले हेडबाट गोल गरेपछि बंगलादेशले अग्रता लिएको थियो । फ्रि किकमा प्राप्त बललाई अन मार्क रहेको रेजाले सजिलै गोल गरे ।

    बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो । नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो ।

    फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार