Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • मासुको विषयमा झगडा हुँदा फुलपातीको दिन खुर्पाले हानेर बाबुले गरे छोराको हत्या

    मासुको विषयमा झगडा हुँदा फुलपातीको दिन खुर्पाले हानेर बाबुले गरे छोराको हत्या

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । सल्यानमा मासुको विषयलाई लिएर विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन् । बन्गाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले खुर्पा प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेका हुन् ।



    बाबुको खुर्पा प्रहारबाट रुपलालको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालसँग झगडा गरेका थिए । राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा गएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनायो ।



    प्रहरीका अनुसार नीमबहादुरले गल्ती स्वीकारी सकेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार