Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रुपन्देहीको मोतीपुरमा लगाइएको कर्फ्यू आज रातिबाट हट्ने

    रुपन्देहीको मोतीपुरमा लगाइएको कर्फ्यू आज रातिबाट हट्ने

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.8K
    SHARES

    बुटवल । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू मंगलबार रातिबाट हट्ने भएको छ । झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले गत आइतबार अपरान्ह ४ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको थियो ।

    स्थिति सहज हुँदै गएपछि मंगलबार राति १२ बजेदेखि कर्फ्यू हटाउन लागिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ । प्रशासनले पूर्वतर्फ बुटवल-१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।



    प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आइतबार दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार