Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि

    राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छिन् । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छिन् ।

    समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भएको थियो ।



    कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ ।
    समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना  सहभागी भएका थिए ।



    मन्त्रिगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव समारोहमा उपस्थित थिए ।

    बढाइँ समारोहमा आएका विशिष्ठ पाहुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गरेका थिए । फूलपाती बढाइँको नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेको थिए । टुडिखेल वरपर सर्वसाधारणले चाखपूर्वक बढाइँ हेरिरहेका देखिन्थ्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार