Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रचण्डलाई ज्ञवालीको जवाफ- एमालेलाई जनताको इच्छा बेगर कसैले पनि दायाँबायाँ गर्न सक्दैन

    प्रचण्डलाई ज्ञवालीको जवाफ- एमालेलाई जनताको इच्छा बेगर कसैले पनि दायाँबायाँ गर्न सक्दैन

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.5K
    SHARES

    चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले एमालेलाई संसदमा पुर्‍याउने काम जनताले गरेको बताएका छन्।

    केही दिन अघि गृहजिल्ला आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार रूपमा संसद अवरुद्ध गर्दै आएको एमालेलाई संसद छाडेर जान आग्रह गरेका थिए । त्यसै बिषयमा प्रचण्डलाई जवाफ दिँदै ज्ञवालीले यस्तो बताएका हुन्।



    मंगलबार दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन चितवन आएका ज्ञवालीले संसद छाडेर जान एमाले सांसदलाई प्रचण्डले बक्सिस नदिएको बताए ।



    भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले भने–‘एमालेलाई संसदमा पुर्‍याउने काम जनताले गरेका हुन् । जनताको इच्छा बेगर कसैले पनि हटाउने वा दायाँबायाँ गर्ने कुरै भएन ।’

    एमालेलाई संसद छाडेर जान भन्नु प्रचण्डको पराजित मानसिकताको उपज मात्रै भएको उनले बताए । ३२ साउनसम्म एमालेले संसद अवरुद्ध नगरेको बताउँदै उनले सभामुखले पदीय दायित्व पूरा नगरेपछि मात्रै संसद अवरुद्ध हुन थालेको बताए । ‘सदन खोल्ने हो भने सभामुखले आफ्नो गल्तिलाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ’, उनले भने ।

    यस्तै, वर्तमान गठबन्धनको सरकार देशका लागि बोझ बनेको बताएका छन् । सरकार प्रारम्भदेखि नै गलत बाटोमा हिँडिरहेको उनले बताए । ‘सरकार गलत बाटोमा हिँडिरहेको छ । त्यसो हुनाले जति दिनसम्म रहन्छ, त्यति दिनसम्म देशका लागि बोझ हुने स्थिति हामी देख्छौँ’, उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार