काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८८८ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३३ पीसीआर परीक्षणमा ६६३ र ४ हजार ९६२ एन्टिजेन परीक्षणमा ११२ जना गरी ७८५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार भने सोही समयमा १२ जनाको मृत्यु भएको छ । हाल देशभर १३ हजार ६२२ जना होम आइसोलेसनमा र १,१६५जना होम आइसोलेसनमा छन् ।
हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २४३ पुगेको छ।
यसअघि हिजो आइतबार ५९६ जनामा संक्रमण पुष्टि हुँदा ८७१ जना डिस्चार्ज भएका थिए ।
Leave a Reply