Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीले यस वर्ष दशैंको टीका नलगाउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बिजयादशमीको टीका नलगाउने भएका छन् ।

ओलीका प्रेस संयोजक रामशरण बजगाका अनुसार यसै वर्ष ओलीका पारिवारिक सदस्यको निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि टीका नलगाइदिने भएका हुन् ।

अध्यक्ष ओलीको काकाका छोरा (भाइ) को यसै वर्ष निधन भएकाले परिवारमा टीका छैन । तर, ओलीले नवमीको दिन गृहजिल्ला झापामा जलपान समारोह आयोजना गरेको बजगाईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077