एजेन्सी । विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।
आइतबार राति इटालीको मिलानोमा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले स्पेनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।
फ्रान्सलाई च्याम्पियन बनाउन करिम बेन्जेमा र केलियन एमबाप्पेले गोल गरे । स्पेनका मिकेल ओयरजावालको गोल सान्त्वना बन्यो ।
पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा स्पेनका मिकेल ओयरजावालले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए । तर स्पेनको अग्रता दुई मिनेट पनि टिकेन । ६६औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ८०औं मिनेटमा एमबाप्पेले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए ।
यसअघि फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जितेको थियो ।
Leave a Reply