Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमालको राजिनामापछि भीम रावलले भने- अब देउवा र राणाले नैतिकता देखाउने आँट गर्छन् कि नाइँ ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन् । गत शुक्रबार उद्योग तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका गजेन्द्र हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि आइतबार उनले पदबाट राजीनामा दिइसकेका छन्। यसै बिषयलाई लिएर सामाजिकसञ्जाल ट्विटरमार्फत टिप्पणी गर्दै नेता रावलले स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको बताएका हुन् । उनले लेखेका छन् - 'व्यापक विरोध पछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रधानन्यायाधीश चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न ? निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएका छन् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077