Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालले मन्त्रीहरुलाई भने- विषम परिस्थितिमा गठबन्धन सरकार बनेको छ, संवेदनशीलतालाई ख्याल राख्नुहोस्

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् ।

आइबार पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिईन्।

‘अहिलेको परिस्थिति कसरी उत्पन्न भयो भन्नेमा तपाईहरु जानकार नै हुनुहुन्छ’, अध्यक्ष नेपाल उध्त्रित गर्दै झाँक्रीले भनिन्, ‘यस्तो अवस्थामा तपाईंहरु मन्त्री बन्नुभएको छ । यसलाई मध्यनजर गर्दै आफूले निर्वाह गर्नुपर्ने भूमिकाको ख्याल गर्नुस् ।’

वर्तमान सरकारमा एकीकृत समाजवादीबाट  ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । जसमा सहरी विकासमा झाँक्रीसहित स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा,  पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077