Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तेस्रो पटक महासचिव बन्ने चाहना छैन: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

आइतबार सञ्चारकर्मीसँग आयोजना गरेको चाडपर्व लक्षित  शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विधानमा पनि २ पटक भन्दाबढी एउटै पदमा उठन नपाउने व्यवस्था गरेको स्मरण गर्दै तेस्रो पटक महासचिव बन्ने आफ्नो चाहना नरहेको बताए।

मंसिरको दोस्रो साता पार्टीको दसौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने भन्दै पोखरेलले पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको बताउँदै एमाले कांग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन बनाउने पक्षमा भने नरहेको दाबी गरे ।

यस्तै, नेता पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन् । राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077