Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • उद्योग मन्त्री बनेका प्रधानन्यायाधीशका जेठानले दिएको राजिनामा स्वीकृत

    उद्योग मन्त्री बनेका प्रधानन्यायाधीशका जेठानले दिएको राजिनामा स्वीकृत

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विवादका कारण राजिनामा दिएका उद्योग बाणिञ्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजिनामा स्वीकृत भएको छ ।

    यसअघि हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा गर्न अनुरोध गरेका थिए । सोही अनुरोधलाई स्वीकार गर्दै हमालले आइतबार विहान पदबाट राजीनामा गरेका हुन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार उनको राजिनामा स्वीकृत गरिएको छ।



    राजिनामा दिँदै उनले पत्रमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु । हाल विभिन्न संचारमाध्यायमहरुमा संप्रेसित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेसित गरेको र यस्ता समाचारले आफ्नो बर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायहरुबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको छ ।



    तर, पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजिनामा दिएको छु ।’

    २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिदा हमालले महत्वपूर्ण मन्त्रालयको जम्मेवारी पाएका थिए ।

    उनी देउवा सरकारमा राजीनामा घोषणा गर्ने पहिलो मन्त्री भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार