Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • ईपीएल फाइलन : कमल चम्किदा १११ रनमै खुम्चियो पोखरा, चितवन ब्याटिङ गर्दै

    ईपीएल फाइलन : कमल चम्किदा १११ रनमै खुम्चियो पोखरा, चितवन ब्याटिङ गर्दै

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा पोखरा राइनोजले जितका लागि चितवन टाइगर्सलाई ११२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भयो ।

    पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचर्ड लेभीले २६ र कप्तान विनोद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।



    यता, चितवनका लागि कमल सिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए । त्यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २/२ विकेट लिए । कप्तान सोमपाल कामी र सागर ढकालले समान १/१ विकेट लिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार