Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गैह्रसांसद हमाल मन्त्री बनेकोप्रति गगनको आक्रोश !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धनमा नै नभएको अझ भनौं सांसद नै नभएका व्यक्ति गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरिएकोप्रति संकेत गर्दै थापाले शनिबार ट्वीटमार्फत यस्तो बताएका हुन्।

उनले प्रश्न गर्दै ट्वीटमा लेखेका छन्–‘कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?’ उनले लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र नपुग्ने बताएका छन्। इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो भन्ने प्रश्न गर्दै थापाले निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउने उल्लेख गरे।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद् नै नभएका गजेन्द्र हमाल नियुक्त गरेका थिए। हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री भएको भन्दै सर्वत्र आलोचना भएको छ।

हमाल प्रधानान्यायाधीश राणाका जेठान हुन् । गैह्रसांसद हमाल मन्त्री बनेकोप्रति इंगित गर्दै थापाले भनेका छन्–‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन। त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ। नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?’

https://twitter.com/thapagk/status/1446729381427122176

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077