Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नेपालसँगको विदेश नीतिमा पुनर्विचार गर्न पूर्व भारतीय विदेश सचिवको सुझाव

    नेपालसँगको विदेश नीतिमा पुनर्विचार गर्न पूर्व भारतीय विदेश सचिवको सुझाव

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौं। एक पूर्व भारतीय विदेश सचिवले चीनको बढ्दो प्रभावका माझ सन् २०१७ यता दिल्लीले नेपालसम्बन्धी नीतिमा पुनर्विचार गरिरहेको सङ्केत गरेका छन्।

    सन् २०१८ देखि सन २०२० सम्म भारतका विदेश सचिव रहेका विजय गोखलेले कार्नगी इन्डाओमेन्ट फर इन्टर्न्याश्नल पिसद्वारा प्रकाशित कार्यपत्रमा नेपालमा चीन अहिले सक्रिय भूमिकामा रहेको र यो लामो समयसम्म रहने उल्लेख गरेका छन्।



    ‘नेपाल-चीन सम्बन्धबारे भारतीय असमझदारीको तुँवालो’ शीर्षक दिइएको कार्यपत्रमा दुई देशको सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, राजतन्त्र र गणतन्त्रकालमा नेपाललाई हेर्ने दुवै देशको दृष्टिकोण र तीन वटै देशलाई उपलब्ध विकल्पबारे चर्चा गरिएको छ।



    तर नेपालका पूर्वकूटनीतिज्ञहरूले चाहिँ नरेन्द्र मोदी नेतृत्वको सरकार बनेपछि नेपाल-भारत सम्बन्धलाई नयाँ दिशामा डोर्‍याउने अवसर देखिएको भएपनि अहिले दुई देशको सम्बन्ध समस्याले जेलिएको बताएका छन्।

    चीनका निम्ति भारतका पूर्वराजदूत समेत रहेका गोखलेले नेपालसँगको ७५ वर्ष लामो सम्बन्धलाई समीक्षा गर्ने अवसर भारतसामु रहेको भन्दै स्थानीय राजनीतिमा हात हाल्ने लालसाले भारतलाई सद्भाव प्राप्त नभएको र त्यसले नेपालमा चीनको प्रवेशलाई नरोकेको उल्लेख गरेका छन्।

    सन् २००८ सम्म नेपालमा रहेको आफ्नो ‘अभूतपूर्व प्रभाव’का कारण दिल्लीलाई आफ्नो मार्गचित्र बदल्न कुनै दबाव नपरेको तर अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ।

    गोखलेले लेखेका छन्, ‘चीन अहिले सक्रिय खेलाडी हो र दीर्घकालसम्म रहनेछ।’

    ‘सन् २०१५ को नाकाबन्दी भनिएको घटनाबाट भारतले सिक्नुपर्ने एउटा पाठ भनेको नेपाललाई भारतको आन्तरिक राजनीतिमा सामान्य रूपमा प्रयोग गरिने एक पक्षका रूपमा नभई एउटा विदेशी राष्ट्रका रूपमा व्यवहार गर्नुपर्छ।’

    गोखलेका सुझावमा भारतभन्दा पृथक पहिचान भएको नेपाली इच्छा स्वीकार्न र ‘सिक्किमीकरण’को नेपाली आशङ्कालाई सम्बोधन गर्न दिल्लीले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताप्रति स्पष्ट समर्थन जनाउनुपर्छ।

    त्यसका लागि नेपाल भारत सम्बन्धका कतिपय आधारहरू जस्तै सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिलाई समयानुकूल बनाउनु अहिले उपयुक्त समय हुनसक्ने उनको भनाइ छ।

    त्यसबाहेक गोखलेले नेपालसँगको सीमा विवाद हल गर्न भारतले गम्भीर प्रयास गर्नुपर्ने उल्लेख गरेका छन्।

    नेपाल र भारतबीच सुस्ता र कालापानी सहितका क्षेत्रमा सीमा विवाद रहेको छ।

    सन् २०१९ मा कश्मीरको विशेष हैसियत खारेज गर्ने क्रममा अद्यावधिक गरिएको आफ्नो नक्सामा भारतले कालापानी क्षेत्रलाई राखेपछि त्यसलाई लिएर नेपालमा विरोध भएको थियो।नेपालबारे रणनीति तय गर्दा चीनले अमेरिकी उपस्थितिलाई पनि विशेष ध्यान दिने पूर्व विदेश सचिवको ठम्याइ छ।

    अमेरिकी उपस्थितिलाई लिएर अति संवेदनशीलता र भारत अनि नेपालबीच गठजोड हुनसक्ने सम्भावनाले नेपालमा चिनियाँ चासो बढाउनसक्ने उनको भनाइ छ।

    ‘भारतले नेपाललाई दक्षिण एशियामा अभूतपूर्व रूपमा वर्चस्वशाली चीन वा कमजोर भारतले उसका विकल्प बढाउँछन् वा बन्द गर्छन् त्यसबारे सोच्न भन्नु श्रेयस्कर हुन्छ।’

    ‘काठमाडौंलाई बेइजिङको नेपाल नीति नेपालका लागि नभएर भारतलाई कमजोर बनाउनु र राजनीतिक नियन्त्रण कायम गर्नु हो भनेर विश्वासमा लिनुपर्छ,’ उनले लेखेका छन्। -बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार