Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • चोलेन्द्रका जेठानको बचाउ गर्दै प्रचण्डले भने – उहाँ कांग्रेसको कोटामा मन्त्री बन्नु भएको हो

    चोलेन्द्रका जेठानको बचाउ गर्दै प्रचण्डले भने – उहाँ कांग्रेसको कोटामा मन्त्री बन्नु भएको हो

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बनेका गजेन्द्र हमालको बारेमा बचाउ गरेका छन्। अध्यक्ष प्रचण्डले हमालको बारेमा चलेको चर्चाको कुनै तुक नभएको समेत बताए ।

    शनिबार बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा प्रचण्डले हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नभएको वताए । उनले त्यस्ता कुनै अनावश्यक चर्चाको केही तुक नरहेको पनि दाबी गरे ।



    प्रधानन्यायाधीश  राणाका जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका थिए ।  हमाल संघीय संसद् सदस्य छैनन् । गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रवधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको दाहालको थप भनाइ थियो ।



    अध्यक्ष प्रचण्डले हमाल कांग्रेसको मान्छे भएको र कांग्रेसको कोटामा मन्त्री बनेको पनि दाबी गरे ।

    राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने चिन्ता बढेको बेला प्रचण्डले प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमालको बचाउ गरेका हुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार