Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : साबिक विजेता मुम्बई लिगबाटै बाहिरियो

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी–ट्वान्टी क्रिकेटको लिग चरणबाट बाहिरिएको छ। अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराए पनि रन रेटमा पछि पर्दै मुम्बई लिग चरणबाटै बाहिरिएको हो।

मुम्बईले १४ खेलमा १४ अंक जोडेपनि कोलकाता नाइट राइडर्ससँग नेट रन रेटमा पछि पर्दै प्ले अफ पुग्न असफल भयो। मुम्बईले दिएको २ सय ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाएको थियो।

हैदरावादका कप्तान मनिस पाण्डेले अविजित रहदै ६९ रन जोडेबा थिए। यस्तै जासन रोयले ३४ तथा अविशेक शर्माले ३३ तथा प्रियम गार्गले २९ रन बनाए। मुम्बईका जस्प्रित बुम्राह, नाथन कल्टर र जेम्स निशमले २÷२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन जोडेको थियो। मुम्बईका इशान किशनले ८४ रन र सूर्यकुमार यादवले ८२ रनको योगदान दिए। हैदरवादका जासन होल्डरले ४ तथा राशिद खान र अविशेक शर्माले २–२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077