Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चोलेन्द्रको कोटाबाट गजेन्द्र हमाल मन्त्री बनेपछि गठबन्धन नाङ्गो भएको कमल थापाको टिप्पणी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले मन्त्रिपरिषद गठनको बिषयलाई लिएर प्रधानन्यायाधीशको आलोचना गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद्‍मा भाग पाएको भन्दै अध्यक्ष थापाले प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाएको टिप्पणी गरेका छन्।

जबराको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेसँगै सामाजिक संजालमार्फत अध्यक्ष थापाले गठबन्धन नाङ्गो भएको उल्लेख गरेका छन्। उनले हमाललाई निर्दलीय व्यक्तिको संज्ञा समेत दिएका छन्।

'वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक "निर्दलीय" व्यक्तिको सहभागिताले 'परमादेश' लेनदेनको आधारमा भएको प्रमाणित भएको छ, अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्, ' न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो। कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ । गठबन्धन नाङ्गो भएको छ।  प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077