Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : राजस्थानलाई हराउँदै कोलकता प्ले अफ नजिक

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा कोकताले राजस्थानलाई ८६ रनले हराएको हो।

कोलकताले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा मात्र ८५ रनमा अलआउट भएको थियो। राजस्थानका राहुल तेवाटियाले ४४ र शिवम दुवेले १८ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बटुल्न सकेनन्। कोलकताका लागि शिवम माभीले ४ तथा लोकी फर्गुसनले ३ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको कोलकतालका लागि शुभमन गिलको ५६ तथा वेंकटेस ऐयरको ३८ रन बनाए। कोलकाताका लागि राहुल त्रिपाठीले २१ रनको योगदान दिएका थिए।

जीतसँगै कोलकताले १४ खेलबाट १४ अङ्क बटुल्दै अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ टोलीले प्लेअफमा स्थान बनाउने लगभग पक्का छ। मुम्बईले हैदराबादलाई १ सय ७० भन्दाबढी रनको अन्तरले हराएमा मात्र मुम्बई प्ले अफमा पुग्नेछ। जुन असम्भवजस्तै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077