Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • मन्त्रालय भागबन्डामा फेरि हेरफेर : रक्षा प्रधानमन्त्री आफैंले सम्हाल्ने, सञ्चारमा कार्की

    मन्त्रालय भागबन्डामा फेरि हेरफेर : रक्षा प्रधानमन्त्री आफैंले सम्हाल्ने, सञ्चारमा कार्की

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबन्डामा फेरि हेरफेर भएको छ। यसअघि मन्त्रालयको संख्या भाग लगाएका पनि बिहीबार बसेको बैठकमा फेरि तलमाथि गरिएको छ।

    नयाँ सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने भएका छन्। समाजवादीले २ राज्यमन्त्री पनि पाउने भएको छ। नेकपा एसले स्वास्थ्यसहित ४ मन्त्रालय पाउने भएको हो। बिहीबार बसेको स्थायी कमिटीको बैठकले ४ मन्त्री र १ राज्यमन्त्री पठाउने निर्णय गरेको छ ।



    प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले लिएकामध्ये रक्षा मन्त्रालय आफैँसँग राख्ने भएका छन्। अरुभन्दा महत्वपूर्ण मन्त्रालय भएकाले उनले रक्षा आफैंसँग राख्ने निर्णय गरेको उच्च स्रोतको दाबी छ।



    त्यस्तै, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। उनी हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका छन्।

    दलहरुबीच शुक्रबार मन्त्रिपरिषद्लाइ पूर्णता दिने सहमति भएको छ। शुक्रबार ११ बजे मन्त्रिपरिषद विस्तार गरेर दिउँसो शपथ ग्रहणको कार्यक्रम गर्ने तयारी भएको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार