Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भानुभक्तलाई स्वागत गर्दै माधवले भने- ओली सम्पूर्णरुपमा च्युत भएको हेर्न बाँकी छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष सम्पूर्ण रुपमा च्युत भएको हेर्न बाँकी रहेको बताएका छन्।

बिहीबार नेकपा एमाले सुदुरपश्चिमका नेता भानुभक्त जोशीलाई आफ्नो पार्टीमा स्वागत गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

ओली सुध्रिदैनन् भन्ने कुरा आफूलाई पहिले जानकारी भएकाे बताउँदै उनले भने, 'हामी पहिलेदेखि ने यो निष्कर्षमा पुगिरहेकै थियौं, केपी ओलीलाई सुधार्न सकिँदैन ।’

‘एमालेको भ्रममा बसिरहेकाहरूको त्यो पंतिमा सत्यतथ्य जानकारी गराउनुपर्ने आवश्यकता छ,’ नेपालले भने, ‘केपी ओली किन कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका भन्ने बुझाउनुपर्ने छ। अब उनी सम्पूर्णरूपमा च्युत भइसकेको दिन हेर्नमात्रै बाँकी छ ।'

जोशीलाई नेकपा एसमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको नेपालले बताए। जोशीले पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छाडेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077