Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई लाग्यो ठूलो झट्का, सुदूरपश्चिमका एमाले नेता भानुभक्त जोशी नेकपा समाजवादीमा प्रवेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सुदूरपश्चिम नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । यससँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो झट्का लागेको छ।

बिहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा समाजवादीमा प्रवेश गरेका हुन् । तत्कालीन नेकपामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जोशीलाई सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनोनीत गरेको थियो ।

पूर्व एमाले नेता जोशीले बिहीबार नै नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएको  नेकपा समाजवादीको पार्टी सचिवालयले जनाएको छ । उनलाई नेकपा एसमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको बताइएको छ ।

जोशीले पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छाडेको बताएका छन् । २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका जोशी सोही क्षेत्रबाट २०६४ सालमा  संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077