Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • भक्तपुरका शक्तिपीठमा बिहानैदेखि मेला

    भक्तपुरका शक्तिपीठमा बिहानैदेखि मेला

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1K
    SHARES

    भक्तपुर । घटस्थापनाका दिन आज यहाँका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । ब्रह्मायणी नदीमा स्नान गर्ने र मन्दिरमा दर्शन एवं पूजा गर्नेको भीड लागेको हो । यहाँका नौवटा शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।

    भक्तपुर नगरपालिकाले यस वर्ष पनि कोरोनाको जोखिम बढेकाले शक्ति पीठमा भीड तथा मेला नगर्न र सामान्य पूजामा सीमित गर्न आव्हान गरे पनि शक्तिपीठमा भने बिहानैदेखि पूजा गर्ने तथा दर्शनार्थीको भीड लागेको छ ।



    त्यसैगरी भक्तपुरमा आजै रातिदेखि नवरात्रि मेला पनि सुरु हुँदैन । घटस्थापनाका दिनबाट सुरु हुने मेलाले यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्रपरा छ ।



    नवरात्रि मेलामा पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीका दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ ।

    नवमीका दिन राती महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचलन छ । नवमीका दिन रातिभरि र दशमीका दिन ब्रह्मायणीमा हजारौको भीडमा मेला भर्ने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार