Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • समस्यामा पर्न थालेपछि आफु निकट नेताहरुलाई भारत पठाउँदै देउवा !

    समस्यामा पर्न थालेपछि आफु निकट नेताहरुलाई भारत पठाउँदै देउवा !

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश मामिला प्रमुखले नेपाल भ्रमण गरेको डेढ महिनापछि उक्त दलको निमन्त्रणामा नेपालको सत्तारुढ दलका तीनजना नेताहरू भारत भ्रमणमा जान लागेका छन्।

    प्रधानमन्त्री शेरबहादुर देउवा निकट  सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीवार दिल्ली जान लागेका हुन्।



    दुवै देशको पार्टी-पार्टीबीचको सम्बन्ध बढाउँदा ‘बुझाइको स्तर’ बढ्ने भन्दै यो भ्रमणको उद्देश्य सम्बन्ध विकास रहेको टोली नेताले बताए।



    उक्त भ्रमणका बेला भाजपाका र सरकारका उच्च नेताहरूसँग भेट हुने भनिए पनि को-कोसँग भन्नेबारे तय हुँदै गरेको सहमहामन्त्री  महतले बताए। नेपालमा नयाँ प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्रीले बधाई दिने विगतको अभ्यास देउवा प्रधानमन्त्री भएका बेला भारतीय पक्षबाट नदेखिँदा धेरैले भारतीय प्रधानमन्त्रीसँगको सम्बन्धमा केही दुरी आएको आकलन गरेका थिए।

    डेढ महिनाअघि भाजपाका विदेश मामिला प्रमुख विजय चौथाइवाले नेपाल आएका बेला पनि देउवासँग भेट गरेका थिए।

    उनले भेटपछि ट्वीट गर्दै पार्टीको स्तरमा संवाद सुदृढ बनाउने सहमति भएको बताएका थिए।

    देउवा प्रधानमन्त्री भएपछि लामो समय परराष्ट्रमन्त्रालय रिक्त रहे पनि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने नै दिन उनी निकट भनिएका अर्का नेता नारायण खड्का नियुक्त भएका थिए।

    महासभामा भाग लिन गएका नेपालका तर्फबाट खड्का र भारतका विदेशमन्त्री एस जयशङ्करबीच त्यही भेटघाट भएको थियो।

    देउवा प्रधानमन्त्री भएपछि दुई देशका उच्चपदस्थबीचको पहिलो भेट नै त्यही थियो।

    उक्त भेटघाटका क्रममा नेपाल-भारत सम्बन्धमा देखा परेका समस्याहरू समाधान गर्ने विषयमा छलफल भएको मन्त्री खड्काले बताएका थिए।

    दुवै देशले दाबी गर्दै आएको विवादास्पद कालापनी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले आफ्नो नक्सामा गत वर्ष समेटेएपछि नेपाल-भारत सम्बन्ध चिसिएको बताइन्छ।सर्वोच्च अदालतको फैसलाबाट प्रधानमन्त्री हुनुअघि देउवासहित पाँच पूर्व प्रधानमन्त्रीहरूले पनि नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल नहोस् भनेर विज्ञप्ति निकालेका थिए। बिबिसी नेपालीको सहयोगमा

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार