बुटवल । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडाबान्ताबाट तीन जनाको मृत्यु भएको छ। जसमा ५ बर्षीय बालक राज कश्यपसहित ४० वर्षका रामप्रसाद केवट र एक वृद्ध रहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाए अनुसार सोमबार रातिदेखि फैलिएको झाडाबान्तापछि बुधबार बिहानसम्म ३ जनाको मृत्यु भएको र २ सय ४० जना बिरामी अस्पताल आइपुगेका छन्।
यद्यपि अस्पताल आउने बिरामीहरूको संख्या झन् थपिँदै गएको छ। अस्पतालका अनुसार बुधबार बिहानसम्म २ सय ४० जना बिरामी अस्पताल आएकोमा केहीलाई अन्यत्र रिफर गरिएको छ
सुरुमा कृष्णनगरका वडा नं. ७, ८ र ९ का गाउँबाट झाडापखालाका बिरामी अस्पताल जाने गरेकोमा मंगलबार रातिदेखि भने महाराजगञ्जका केही वडाबाट पनि बिरामीहरू आउन थालेको अस्पतालले जानकारी दिएको छ।
झाडापखाला के कारण र कसरी फैलियो यकिन भइनसके पनि बिरामीहरूको अवस्थालाई हेर्दा हैजा भएको हुन सक्ने अस्पतालको भनाइ छ। यद्यपि परीक्षणको लागि लगिएको दिसाको रिपोर्ट भने आइसकेको छैन।
पछिल्लो समय अस्पतालमा बिरामीको संख्या बढ्दै गएपछि बेडको अभावमा बाहिर खुल्ला चौरमा उनीहरुको उपचार गरिएको अस्पतालले बताएको छ ,
Leave a Reply