Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तत: मन्त्रालय भागबण्डाको टुंगो लाग्यो, कुन दललाई कुन मन्त्रालय ?

काठमाडौं । सत्तारुढ दलहरुको आज बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ ।

भागबण्डामा कांग्रेसले ६ मन्त्री र एक राज्यमन्त्री पाएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाएका छन्।

स्रोतका अनुसार अब कांग्रेसको भागमा सञ्चार र बालबालिका मन्त्रालय लिनेछ। कांग्रेसले यसअघि नै प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, कानुन र  स्वास्थ्य राज्यमन्त्री लिसकेको छ।

यस्तै, नेकपा समाजवादीको भागमा सहरी विकास, रक्षा, उद्योग, पर्यटन, युवा तथा खेलकुद तथा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउने भएको छ। यसअघि माओवादीले अर्थ र उर्जा मन्त्रालय लिसकेको छ।

यता, जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउने सहमति भएको स्रोतले जानकारी दिएको छ।

मन्त्रालय भागबण्डा टुंगिएकाले संभवतः भोलिसम्म सपथ हुने संभावना रहेको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077