Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा समाजवादी स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी स्थायी कमिटीको बैठक बोलाएको छ।

बैठक बिहिबार बिहान ११ बजे पार्टी कार्यालय तिनकुनेमा बस्ने गरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

कार्यालय स्रोतका अनुसार बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, सम-सामयिक राजनीति, सरकारलगायतका बिषयमा छलफल हुने बताइएको छ।

यसअघि पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि बैठक बस्न सकेको थिएन । उपचारपछि आराम गरिरहेका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था अहिले ठिक रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077