Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’

    प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)  बोलाएका छन् ।

    सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले मंगलबार दिउँसो बैठक बोलाएका हुन् । घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ।



    यसैगरी बैठकले दशैं विदाका क्रममा बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने विषयमा छलफल गर्ने  र मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरुको नामको टुंगो लगाउने बताइएको छ।



    सर्वोच्च अदालतले कुनै महत्त्वपूर्ण निर्णय गर्दा फुलकोर्ट बैठक बस्ने चलन छ।

    यसैगरी बैठकले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचारबारे पनि छलफल गर्ने बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार