Online Nepal
  • बुधबार, १० पुष २०८१
  • संखुवासभा सामूहिक हत्याकाण्डका अभियुक्तलाई थुनामा राख्न अदालतको आदेश

    संखुवासभा सामूहिक हत्याकाण्डका अभियुक्तलाई थुनामा राख्न अदालतको आदेश

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 2.1K
    SHARES

    संखुवासभा । जिल्ला अदालत चैनपुरले –सङ्खुवासभाको मादी नगरपालिकामा भएको ६ जनाको हत्यामा संलग्नहरुलाई थुनामा राख्न आदेश दिएको छ।

    सामूहिक हत्याकाण्डका अभियुक्तहरु मादी नगरपालिका १ का खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।



    अदालतले सबै अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी र एक बालकलाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको हो। गत भदौ २१ गते बिहान मादी नगरपालिका वडा नं. १ उम्लिङस्थित खोला गाउँमा कार्की परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो।



    सो हत्याकाण्डमा तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमति कमला, बुहारी रञ्जना कार्की, नाती दिपेन कार्की र नातीनी गोमा कार्कीको विभत्स हत्या भएको थियो। प्रहरीमा हत्यामा संलग्न भएको आरोपमा छिमेकीहरुलाई नै पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार