Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्रका आईजीपी खनाल किन भारत जाँदैछन् ?

काठमाडौं । नेपालको उत्तरी सीमा नाकाहरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको संख्या बढाएर विवादमा परेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालसहितको टोली भारत जाने भएको छ ।

नेपालको दक्षिणका नाकामा  सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट विस्तार नगरेको आरोप खेप्दै आएका  महानिरीक्षक शैलेन्द्र खनाल भारतीय सीमा सुरक्षा बल (एसएसबी) को निम्तो मान्न जाने भएका हुन् ।

महानिरीक्षक खनालसँगै अर्थ र गृह मन्त्रालयका अधिकारी समेत सम्मिलित टोली २०७८ असोज १८ गते सोमबार भारत जान लागेको हो । यो टोली २०७८ असोज २१ गते घटनास्थापनाको दिने स्वदेश फर्किने कार्यक्रम रहेको श्रोत बताउछ ।

सशस्त्रले यो भ्रमणलाई नियमित भनेको छ । तथापि, नेपाल–चीन सीमा विवादको प्रसंग उब्जिएका बेला हुन लागेको भारत भ्रमणलाई कूटनीतिज्ञहरूले अर्थपूर्ण ठानेका छन् ।

भ्रमण टोलीमा सशस्त्रका एआईजी पुष्पराम केसी सहभागी हुने टुंगो लागेको भनिएपनि गृह र परराष्ट्रबाट को को जाँदैछन् भन्ने विषय गोप्य राखिएको छ । साँघु साप्ताहिकबाट।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077