Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यातायात कार्यालय एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउन सहयोग गर्छौं भन्दै सर्वसाधारणबाट रकम असुल गर्ने २ जना बिचौलियालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर मनपा-१४, नख्खीपोट बस्ने वर्ष ३० का सुमन तामाङ र ललितपुर मनपा- १३, कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । उनीहरुलाई यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

एसएसपी भट्टराईका अनुसार उनीहरुले सर्वसाधारणहरुलाई लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भन्दै पैसा असुल गर्ने तथा लाईनमा लागेकालाई सास्ती दिँदै आएका थिए।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिदै गरेको अबस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले बताए । उनका अनुसार पछिल्लो समय महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ ।

पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको एसएसपी भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077