Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पार्टीलाई सुदृढ स्थितिमा पुर्‍याएर मात्रै नेतृत्व छाड्छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन् ।

ललितपुरमा जारी पार्टीको विधान महाधिवेशनमा आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो ।

यस्तै, एमालेमा आज पनि आफूसँग राम्रो टीम रहेको भन्दै ओलीले भने,'जुन दिन रानो हुँदैन मौरीको गोलो समाप्त हुन्छ । त्यसकारण यो अनेक प्रकारका भ्रम, हल्ला एकतालाई तोड्न चलाइएका हुन्,हामीसंग अझै धेरै राम्रो टीम छ।'

नेपालमा कम्युनिस्ट नेताहरूलाई स्थापित हुन नदिएको ओलीको भनाइ थियो । उनले मदन भण्डारी र पुष्पलाललाई स्थापित हुन नदिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077