डडेल्धुरा । जिल्लाको अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
यही असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ।
पछिलो समय कोरोना संक्रमितको संख्या बिस्त्रि घट्दै गएको छ भने मृतकको संख्या पनि केही घटेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।
Leave a Reply