काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले संरक्षित वन्यजन्तु कस्तुरीको विनासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट किसपाङ गाउँपालिका–८ घर भएका ५१ वर्षीय सार्की घले रहेका छन्। प्रहरीले उनलाई काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए।
शुक्रबार साँझ त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ५९९ नम्बरको बसलाई नागढुंगामा चेकजाँच गर्दा घलेको झोलाबाट १९ ग्रामको विना फेला परेको प्रहरीको भनाइ छ।
पक्राउ परेका घलेलाई आवश्यक थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको एसएसपी सिंहले जानकारी दिए।
Leave a Reply