Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • किसानले थापेको विद्युतीय धरापमा परेर मर्‍यो मकुना हात्ती

    किसानले थापेको विद्युतीय धरापमा परेर मर्‍यो मकुना हात्ती

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    सुनसरी । गत वर्षदेखि कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रका मानव बस्तीमा आतंक मच्चाएको मकुना नामको हात्ती विद्युतीय धरापमा परेर मरेको छ ।

    आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामका अनुसार किसानले धान खेतमा राखेको विद्युतीय धरापमा परेर उक्त हात्ती मरेको हो ।



    हात्तीले गत वर्षको पुसदेखि आरक्षको मध्यवर्ती क्षेत्रका बस्तीमा पसेर धेरै व्यक्तिको ज्यान लिएको थियो । बस्तीमा पसेर विध्वंस मच्चाउन थालेपछि आरक्षले गत पुसदेखि रातभरि मकुनाको रेखदेख गर्दै आएको थियो ।



    बस्तीमा नपसोस् भनेर रातभरि ट्याक्टरमा नेपाली सेना र प्राविधिकले गस्ती गर्दै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार