Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमाले विधान महाधिवेशन : तीन वटा प्रतिवेदनमाथि १० वटा समूहमा छलफल

    एमाले विधान महाधिवेशन : तीन वटा प्रतिवेदनमाथि १० वटा समूहमा छलफल

    अनलाइन नेपाल
  • शनिबार, १६ असोज २०७८
  • 1.3K
    SHARES

    ललितपुर । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज समूहगत छलफल भएको छ। महाधिवेशनमा पेस भएका तीन वटा प्रतिवेदनमाथि १० वटा समूहमा छलफल सुरू भएको हो।

    शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनमा प्रतिनिधिहरुले शनिबारबाट समूहगत छलफल शुरु गरेका हुन् । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छुट्टाछुट्टै स्थानमा बसेर छलफल शुरु गरिएको हो ।



    एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार अपराह्न २ बजेसम्म समूहगत छलफल सक्ने तयारी छ । १० वटा समूहको समूहगत छलफलको सहजीकरण गर्ने जिम्मा २० नेताले पाएका छन् । समूहगत छलफल सकिएपछि समूह नेताले शनिबार अपरान्हतिर प्रतिवेदनमाथि सुझाव पेश गर्ने कार्यक्रम छ।



    छलफलको क्रममा अधिकांश समूहको जोड समावेशीतासहित उपाध्यक्ष सात हुनुपर्नेमा छ। यस्तै, नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउँदा र पदाधिकारी थप्दा पनि पाँच उपाध्यक्षको औचित्य नभएको छलफलमा उठेको छ।

    खाली नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउन मात्र पदाधिकारी थपिएको जस्तो देखिएको समूहको बुझाइ छ।

    समूहले नेकपा विवादकै कारण प्रतिनिधि सभा विघटन भएको र त्यसकारण एमाले विभाजन भएको छलफलमा बताएको छ। समूहले संसद विघटनको औचित्य प्रष्ट पार्न समेत सुझाव दिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार