Online Nepal
  • बुधबार, १० पुष २०८१
  • १५ वर्षपछि काठमाडौंमा कांग्रेसको नगर अधिवेशन आज हुँदै, कहाँ कसको पल्लाभारी ?

    १५ वर्षपछि काठमाडौंमा कांग्रेसको नगर अधिवेशन आज हुँदै, कहाँ कसको पल्लाभारी ?

    अनलाइन नेपाल
  • शनिबार, १६ असोज २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगर र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने भएको हो ।

    यद्यपी दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाको एक वडामा अधिवेशन नभएकाले त्यहाँ अर्को मितिमा नगरअधिवेशन हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।



    १५ वर्षपछि काठमाडौं महानगरपालिकामा कांग्रेसको अधिवेशन हुन लागेको हो । विवादका कारण काठमाडौं महानगरपालिकामा १२औं र १३औं अधिवशेन भएका थिएनन् । डेढ दशकपछि कांग्रेस काठमाडौं महानगर कमिटीले नयाँ नेतृत्व पाउन लागेको हो । महानगरको अधिवेशन कांग्रेसभित्र प्रतिष्ठाको विषय बनेको छ ।



    काठमाडौंमा नीलकाजी र प्रगतिमानबीच प्रतिस्पर्धा
    निर्वाचनमा संस्थापन समूहबाट युवा नेता प्रगतिमान रञ्जित प्रतिस्पर्धामा छन् । उनी नेपाल तरुण दल, काठमाडौंका संस्थापक अध्यक्ष हुन् । उनलाई कृष्णप्रसाद सिटौला समूहका नेता भिमसेनदास प्रधानको समर्थन छ ।

    महानगर सभापतिमा अर्का प्रत्यासी कांग्रेसका पुराना नेता नीलकाजी शाक्य छन् । काठमाडौं महानगरपालिकाद्द२५ का वडाध्यक्ष शाक्य पूर्वमहामन्त्री सिंहका उम्मेदवार हुन् ।

    यता, गगन थापाको निर्वाचन क्षेत्र बुढानीलकण्ठ नगरपालिकामा भने नगर सभापतिका लागि तीन आकांक्षी छन्, राजाराम बुढाथोकी, राजन बुढाथोकी र राजुविक्रम थापा । यो नगरको ५ वटा वडा प्रतिनिधिभा निर्वाचन क्षेत्र–५ मा पर्छन् ।

    राजाराम साविकको कपन गाउँ विकास समितिका सभापति हुन् । उनी सिंह–थापा समूहका नेता हुन् । अर्का उम्मेदवार राजन बुढाथोकी नगर सचिव हुन् । उनी पेशाले अधिवक्ता हुन् । राजुविक्रम थापा नेपाल तरुण दलका नगर सभापति हुन् । राजन र राजविक्रम दुवै संस्थापन समूह निकट हुन् ।

    यसैबीच गोकर्णेश्वरमा नगर सभापतिका लागि संस्थापन समूहबाट रामजी श्रेष्ठ उम्मेदवार बनेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट कुमार लामा प्रतिस्पर्धामा छन् । श्रेष्ठ कांग्रेसका पुराना कार्यकर्ता हुन् । उनी पेशाले इञ्जिनियर हुन् । अर्का उम्मेदवार लामा व्यवसायी हुन् । उनी नगर कोषाध्यक्ष हुन् ।

    त्यस्तै कागेश्वरी–मनोहरा नगरपालिकामा दुई समूह प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थापन समूहबाट उद्धव दाहाल नगर सभापतिका उम्मेदवार हुन् भने प्रकाशमानको समर्थनमा मिठाराम दाहाल प्रतिस्पर्धामा छन् ।

    कीर्तिपुर नगरपालिकाको नगर सभापतिमा भने राजेन्द्र महर्जन, कविन्द्र कार्की, मीनप्रकाश महर्जन लगायतको दाबी छ । आकांक्षी अधिकांश प्रकाशमान सिंह निकट भएकाले सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको नेताहरु बताउँछन् ।

    यता, नागार्जुन नगरपालिकामा पनि सिंह समूहकै अच्यूत पाण्डे र दुर्गा गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ । पाण्डे साविकको इचंगुनारायण गाविसको सभापति हुन् ।

    त्यस्तै, शंखरापुर नगरपालिकामा संस्थापन र इतर समूहबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै समूहले प्यानल नै बनाएको छ । संस्थापन समूहबाट सत्यमान लामा र प्रकाशमानको समर्थनमा दिलीपकुमार श्रेष्ठले नगर सभापतिमा उम्मेदवारी दिने तयारी छ ।

    टोखा र तारकेश्वर नगरपालिका पूर्व रक्षामन्त्री एवं सिटौला समूहका नेता भीमसेन दास प्रधानको निर्वाचन क्षेत्र हो । दुवै नगरमा उनको समूहले पूर्व महामन्त्री प्रकाशमानको समूहसँग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

    तारकेश्वर नगरपालिकाको नगर सभापतिमा प्रधान समूहबाट कृष्णहरि महर्जन उम्मेदवार हुन् । महर्जन प्रतिनिधिसभा क्षेत्रीय समितिका कोषाध्यक्ष हुन् । नगर सभापतिका अर्का उम्मेदवार श्रीराम थापालाई प्रकाशमान सिंहको समर्थन छ । उनी नगर सभापति हुन् भने स्थानीय चुनावमा मेयरका उम्मेदवार थिए ।

    यस्तै टोखा नगरपालिकाको नगर सभापतिमा प्रधानको समूहले ओमकृष्ण विमलीलाई अघि सारेको छ । उनी इकाई सभापति हुन् । त्यस्तै प्रकाशमानको समर्थन दीपक जोशीलाई छ । उनी टोखा नगरसमितिको वडा नम्बर २ का सभापति हुन् ।

    चन्द्रागिरी नगरपालिकामा भने नगरपालिकाका प्रमुख घनश्याम गिरी आफैं नगर सभापतिका लागि आकांक्षी हुन् । शुक्रबारसम्म गिरीबाहेक अरुले दाबी गरेका छैनन् । त्यहाँ सर्वसम्मत हुने देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार