Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती : बाबुराम भट्टराई

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा देखिएको तडकभडकलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निभ्ने बेलाको बत्तीको संज्ञा दिएका छन्। उनले लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रम पारिएको बताएका हुन्।

‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समकेपी य भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

त्यस्तै, उनले नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त्यमा स्टालिन, हिटलर र फासीवाद जन्माउने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077