Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमाले विधान महाधिवेशन:

    ओलीको निद लाग्दो राजनीतिक प्रतिवेदन: पार्टीको भातले मन्चमै निदाए नेता–कार्यकर्ता

    ओलीको निद लाग्दो राजनीतिक प्रतिवेदन: पार्टीको भातले मन्चमै निदाए नेता–कार्यकर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु भएको छ । गोदावरीस्थित सनराइज हलमा सुरु भएको विधान महाधिवेशनमा देशभरका करिब ६ हजार प्रतिनिधि सहभागी भएका एमालेले जनाएको छ।

    विधान अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । ओलीले प्रतिवेदन प्रस्तुत गरिरहँदा कतिपय नेता कार्यकर्ता भने हलमै निदाइरहेका छन् ।



    प्रतिवेदन प्रस्तुत गर्दागर्दै स्वास्थ्यमा समस्या भएकाले ओलीले बोल्न गाह्रो भएपछि शंकर पोख्रेललाई जिम्मा दिएका थिए।महाधिवेशनमा पेश गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थप गर्ने प्रस्ताव गरिएको छ ।



    यसअघि पार्टीको नवौँ महाधिवेशनमा दुई उपमहासचिवको व्यवस्था गरिएको छ । विधान संशोधन प्रस्तावमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ सचिवको व्यवस्था गरिएको छ । यसअघि केन्द्रीय कमिटी बैठकमा तीन वा सात उपाध्यक्ष हुनेबारेमा छलफल भएको थियो । तर उपाध्यक्ष भने पहिल्यैै पाँच जना राख्ने व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय कमिटी २२५ जनाको रहने आज पेश गरिएको संशोधन विधानमा उल्लेख छ।

    यही असोज १७ गतेसम्म सञ्चालन हुने विधान महाधिवेशनले विधान संशाोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन पारित गर्नेछ । कार्यक्रममा सहभागीहरूलाई बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको थियो । हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ भने खाजा प्याकेटमा दिइको थियो । साँझको खाना भनेको बास बसेकै स्थानमा वा आफ्नै व्यवस्थापनमा खानुपर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार